प्रतितोला ८ सय रुपैयाँले बढ्यो सूनको मूल्य


काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

बिहीबार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतिततोला ८ सय रुपैयाँले बढेर १ लाख १२ हजार ४ सय रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसतै आज चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेर १ हजार ४४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४०० रुपैयाँ किनबेच भएको थियो।