काठमाडौँ । लक्ष्मी बैंक र सनराइज बैंक गाभिएर बनेको लक्ष्मी सनराइज बैंकले एकीकृत कारोबार सुरु गरेका छन् । बैंकले शुक्रबारदेखि एकिकृत कारोबार सुरु गरेका हुन् ।
यी बैंक १:१ स्वाप रेसियोमा मर्ज भएका हुन् । मर्जरपछि बैंकको चुक्ता पुँजी २१ अर्ब ६७ करोड रुपैयाँ हुनेछ भने जगेडा कोषको आकार १४ अर्ब ११ करोड रुपैयाँ नाघ्नेछ ।
लक्ष्मी सनराइज बैंकमा प्रमुख कार्यकारी अधिकृत अजयबहादुर शाह हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्