हकप्रद सेयर निष्काशन गर्न बाराही हाइड्रोपावरले पायो सहमति


काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न गर्न सहमति पाएको छ । कम्पनीलाई १ः१ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न विद्युत नियमन आयोगले सहमति दिएको हो ।

आयोगले बाराही हाइड्रोपावरलाई चुक्तापुँजीको १ः१ अर्थात १०० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि सहमति दिएको छ।

कम्पनीले ५१ प्रतिशत सेयर रहेको सिकोस खोला जलविद्युत आयोजना ३.४५ मेगावाट र कम्पनीको स्वामित्वमा रहने तल्लो ठेउले खोला जलविद्युत (क्यास्केड) आयोजना ०.७५ मेगावाट निर्माणका लागि हकप्रद निष्कासन गर्न लागेको हो।

यसका लागि साधारणसभामा हकप्रदको एजेन्डा पेस गर्न कम्पनीले आयोगमा अनुमति मागेको थियो। आयोगले असार २६ गते पत्र पठाउँदै साधारण सभामा हकप्रदको एजेन्डा पेस गर्न कम्पनीलाई सहमति प्रदान गरेको हो।