प्रभु क्यापिटलको ‘लोयल्टी पोइन्ट्स’ र ‘रिफरल स्किम’ संचालनमा


काठमाडौँ । प्रभु क्यापिटल लिमिटेडले ग्राहकको लागि विशेष लोयल्टी पोईन्टस् अफर ल्याएको छ । मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले आफ्नो सेवाग्राहीका लागि लोयल्टी पोइन्ट्स अफरसँगै रिफरल स्किम सार्वजनिक गरेको हो । लोयल्टी पोईन्टस् र रिफरलको अफर क्यापिटलले सोमबारदेखि सार्वजनिक गरेको हो ।

सेवाग्राहीले प्रभु क्यापिटल डिजिटल एप रिफर गरि साथै प्रभु क्यापिटल लिमिटेडका विभिन्न सेवा तथा सुविधा लिई लोयल्टी पोईन्ट्स प्राप्त गर्न सकिने क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार सेवाग्राहीले प्रभु क्यापिटल डिजिटल एपको लिंक कपि र सेयर गरी प्रभु क्यापिटल डिजिटल एप रिफर गर्न सकिनेछ भने सेवाग्राहीले पोईन्ट्स आफ्नो डिम्याट तथा मेरो शेयर नविकरण गर्नका साथै प्रभु क्यापिटलसंग आवद्घ विभिन्न मर्चेन्ट अफरमा उपयोग गर्न सकिने छ ।