नेप्सेमा दोहोरो अंकको वृद्धि


काठमाडौं । साताको कारोबारको चौथो दिन सेयरबजारमा दोहोरो अंकको वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ११.१७ अंकले बढेर २११६५.२४ अंकमा पुगेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक ३.३३ अंकले बढेर ४१०.४६ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका १३ उपसमुहमध्ये ८ वटा उपसमुहमध्ये ५ वटा उपसमु्हको सेयर मूल्य बढेको छ ।

बुधबार कारोबार रकमका आधारमा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको २३ करोड ५७ लाख ४५ हजार ४ सय ५७ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन बिपीडब्लू लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

कुल २६० कम्पनीको ८ करोड ६७ लाख ४ हजार १ सय ९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३४ करोड ८६ लाख ७९ हजार ९ सय रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।