नेपालमा प्रर्दशन भएका कुन विदेशी फिल्मले कति कमाए ? (सूचिसहित)


काठमाडौँ । चलचित्र विकास बोर्डले नेपालमा प्रर्दशन भएको स्वदेशी र विदेशी चलचित्रको ग्रस बक्स अफिस कलेक्शन रिपोर्ट सार्वजनिक गरेको छ ।

बोर्डले आर्थिक वर्ष २०७९।८० मा चलचित्र विकास बोर्डबाट प्रदान भएको ‘मूभि कोड’ अनुसार नेपालमा प्रदर्शन भएका नेपाली र विदेशी चलचित्रहरूको ग्रस बक्स अफिस कलेक्शन रिपोर्ट सार्वजनिक गरेको हो ।

आर्थिक वर्ष २०७९।८० मा ५७ वटा स्वदेशी र ७८ ओटा विदेशी चलचित्र प्रर्दशन भएका छन् ।

बोर्डका अनुसार आर्थिक वर्ष २०७९|०८० मा ५७ ओटा स्वदेशी चलचित्रहरू प्रर्दशन हुँदा २७ लाख १६ हजार २१७ थान टिकट बिक्रिसहित ७६ करोड ७२ लाख ५७ हजार १ रुपैयाँ ग्रस व्यापार गरेको छ ।

यस्तै, ७८ वटा विदेशी चलचित्रहरू नेपालमा प्रदर्शन हुँदा २५ लाख ८५ हजार ६०२ थान टिकट बिक्रीसहित ७९ करोड ४३ लाख ४ हजार ७४८ रुपैयाँ ग्रस व्यापार गरेको बोर्डले जनाएको छ ।

आर्थिक वर्ष २०७९|०८० मा नेपालमा सबैभन्दा बढी कमाउने विदेशी फिल्म पठान बनेको छ । शाहरुख खान अभिनित चलचित्र पठानले नेपालमा १३ करोड २८ लाख ८ सय १० रुपैयाँ कलेक्सन गरेको बोर्डले जनाएको छ ।

यस्तै, दोस्रोमा अवतार द वे अफ वाटर, तेस्रोमा ब्रह्मास्त्र, चौथोमा दृश्यमले सबैभन्दा बडी कमाइ गरेका छन् ।