सहकारीको नियामक निकाय स्थापनामा राष्ट्र बैंकले सहजीकरण गर्ने


काठमाडौँ । नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारीको नियामक निकाय स्थापना गर्न आवश्यक सहजीकरण गर्ने भएको छ ।

राष्ट्र बैंकले २०८०|०८१ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल सरकारको बजेटमा उल्लेख भए बमोजिम बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै विशिष्टिकृत नियामक निकाय स्थापना गर्न आवश्यक सहजीकरण गर्ने उल्लेख गरेको छ ।