सेयर धितोकर्जाको जोखिम भार पुनरावलोकन गरिने


काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितोकर्जाको जोखिम भार पुनरावलोकन गर्ने भएको छ।

आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले शेयर धितो लगायतमा मार्जिन प्रकृतिका कर्जाको जोखिम भारको व्यवस्था संसोधन हुने जनाएको छ ।

राष्ट्र बैंकले सेयर धितोकर्जा , रियल स्टेट कर्जा र हायर पर्चेज कर्जाको विद्यमान जोखिमभारसम्बन्धि व्यवस्थालाई पुनरावलोकन गर्ने उल्लेख गरेको हो। हाल सेयरधितोकर्जाको जोखिमभार (१५०) रहेको छ।