पशुपति सहकारी समस्याग्रस्त घोषणा


काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पशुपति सेभिङ एण्ड क्रेडिट को अपरेटिभ लि. लाई सहस्याग्रस्त घोषणा गरेको छ ।

सहकारी विभागको नियमन क्षेत्रभित्रमा रहेको यस सहकारीले २०७७ सालदेखि बचतकर्ताको बचत फिर्ता नगरेको जनाइएको छ ।

मन्त्रालयले उक्त सहकारी संस्थामा सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) को देहाय खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेकले सहकारी विभागका रजिष्ट्रारको सिफारिमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम पशुपति सहकारीलाई समस्याग्रस्त घोषणा गरेको जनाएको छ ।

उक्त संस्थालाई समस्याग्रस्त घोषणागरी संस्थाको सम्पति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न सोही ऐनको दफा १०५ बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाएको मन्त्रालयले विज्ञप्ती जारी गर्दै उल्लेख गरेको छ ।