कर्जा वृद्धिकाे लक्ष्य चुनौतीपूर्ण छ: बैंकर्स संघ


काठमाडौँ । नेपाल बैंकर्स संघले कर्जाको वृद्धि चुनौती पूर्ण रहेको जनाएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले गत वर्षको भन्दा कर्जा वृद्धिको लक्ष्य कम भएपनि चुनौतीपुर्ण रहेको बताएका हुन् । उनले कर्जाको ११.५ प्रतिशत वृद्धि गर्न चुनौतीपूर्ण रहेको बताए ।

“कर्जा वृद्धि ११.५ प्रतिशत राखिएको छ । अहिलेको हिसाब गर्दा ५६५ अर्ब रुपैयाँ वृद्धि हुन आउँछ । यो वर्षको वृद्धि करिब करिब साँढे ३ प्रतिशतको मात्र वृद्धि भएको करिब १४२ अर्ब वृद्धि भएको देखिन्छ । यो कम वृद्धि भएको देखिन्छ । राष्ट बैंकले १२.५ प्रतिशत जति कर्जा वृद्धिको लक्ष्य राखेको थियो । यो पटक ११.५ आउँदा कम भएको हो की जस्तो देखिन्छ,” उनले भने, “गत दश वर्षको तथ्यांकमा आर्थिक वर्ष २०७७/७८ मा ८०० अर्ब भन्दा बढि वृद्धि भएको थियो । करिब २७ प्रतिशत कर्जा वृद्धि हुन गएको थियो । त्यो बाहेक कुनै पनि वर्षमा वृद्धि हुन सकेको छैन । अािर्थक वर्ष २०७८/७९ मा ४५४ अर्बको वृद्धि भएकोमा आर्थिक वर्ष २०८०/८१ मा ५६५ अर्बको वृद्धि राखिएको छ । यो चुनौतीपुर्ण वृद्धि राखिएको छ । साँढे ११ प्रतिशतको वृद्धिलाई पनि उत्पादनमूलक क्षेत्रमा उत्पादनमूलक अर्थतन्त्रलाई सहयोग गर्ने उदेश्य राष्ट्र बैंकले राखेको छ ।”

नेपाल बैंकर्स संघले सन्तुलित मौद्रिक नीति आएको जनाएको छ । उनले अहिले भएको उपलब्धीलाई व्यवस्थित गर्दै अर्थतन्त्रलाई लिएर अगाडी बढ्नुपर्ने मान्यातमा रहेको उनले बताए ।