रियलमी ११ प्रो सिरिज ५ जी नेपालमा सार्वजनिक


काठमाडौँ । रियलमीको रियलमी ११ प्रो सिरिज ५जी नेपाली बजारमा आएको छ । रियलमी ११ प्रो ५जी र रियलमी ११ प्रो प्लस ५जी गरी दुई भेरीयन्टहरु नेपाली बजारमा सार्वजनिक भएको हो ।

रियलमी ११ प्रो प्लस ५जी यस वर्षको उत्कृष्ट फ्ल्यागशिप क्यामरा फोन हो जसले फोटोग्राफीमा रुची राख्नेहरुको लागि एउटा नयाँँ स्तर निर्धारण गरिदिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गुचीका पुर्व प्रिन्ट र टेक्सटाइल डिजाइनर म्याट्टियो मेनोट्टोसँगको सहकार्यमा रियलमी ११ प्रो ५जी र रियलमी ११ प्रो प्लस ५जीको डिजाइन गरिएको हो ।

रियलमी ११ प्रो प्लस ५जीमा २०० एमपिको आइओएस सुपरजुम क्यामरा रहेको छ । जुन यो भन्दा अगाडिको कुनै पनि मिड रेन्ज फोनमा नभएको कम्पनीले जनाएको छ ।

सेल्फीमा ३२ एमपिको सोनी सेल्फी क्यामरा दिइएको छ भने सुपर ग्रुप पोट्र्रेट मोड, वान टेक मोड र फ्यान फेभरेट स्ट्रिट फोटोग्राफि मोड ४.० जस्ता आकर्षक फिचर रहेको छ ।

रियलमी ११ प्रो प्लस फाइभ जीमा ५००० एमएएचको ब्याट्रि र १०० वाटको सुपर भोक चार्जिङ सपोर्ट रहेको कम्पनीले उल्लेख गरेको छ । साथै २०,००० लेभलको अटोम्याटिक ब्राइट्नेस एड्जस्टमेन्ट भएको १२० हर्जको कभ्र्ड भिजन डिस्प्ले र २१६० हर्जको डिमिङ फ्रिक्वेन्सीका साथ आएको छ ।

कम्पनीका अनुसार रियलमी ११ प्रो फाइभ जी पनि रियलमी ११ प्रो प्लस फाइभ जीकै जस्तै प्रिमियम डिस्प्लेमा उपलब्ध छ । यसमा सनलाइट स्क्रिन र २०,००० लेभलको अटोम्याटिक ब्राइटनेस एड्जस्टमेन्ट पनि रहेको छ ।

रियल मी ११ प्रो ५ जि मा १०० एमपिको प्रोलाइट क्यामरा रहेको छ जसले १०० एमपिकै डाइरेक्ट आउट्पुट सपोर्ट गर्ने उल्लेख गरिएको छ ।

डाइमेन्सिटी ७०५० फाइभ जी चिपसेट राखिएको यो फोनको ¥याम १२ जीबीको छ भने रोम २५६ जीबिको रहेको छ । रियलमी यु आइ ४.० मा चल्ने यस सेटको ब्याट्रि पनि ५००० एमएएच्को छ भने ६७ वाटको सुपरभोक चार्जिङ सपोर्ट गर्छ ।

रियलमी ११ प्रो+ ५ जी १२÷२५६ जीबी स्टोरेज भेरियन्टको मूल्य रु ६१ हजार ९९९ रहेको छ । रियलमी ११ प्रो+ ५ जी दुईवटा कलर अप्सनहरुमा उपलब्ध छ ः सनराइज बेज र ओएसिस ग्रीन ।

त्यस्तै रियलमी ११ प्रो ५ जी ८÷२५६ जीबी स्टोरेज भेरियन्टको मूल्य रु ४७ हजार ९९९ रहेको छ । रियलमी ११ प्रो ५ जी दुईवटा कलर अप्सनहरुमा उपलब्ध छ ः सनराइज बेज र एस्ट्रल ब्ल्याक ।