विमानस्थल भन्सारका प्रमुख फेरिए


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयको प्रमुखमा डा. टोकराज पाण्डे सरुवा भएर गएका छन् ।

भन्सार जाँच पास भएर बाहिरिएको एक क्वीन्टल सुन बरामदपछि विमानस्थलका भन्सार प्रमुख परिवर्तन गरिएको हो ।

यसअघि भन्सारको प्रमुख रहेका अरुण पोखरेल रहेका थिए भने उनको ठाउँमा ठाउँमा डा. टोकराज पाण्डेलाई पठाइएको हो ।

पाण्डे राष्ट्रिय किताब खाना (निजामती) महानिर्देशकबाट अर्थमन्त्रालयमा सरुवा भएका थिए ।