सुनको मूल्य ८ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम


काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज नयाँ रेर्कड कायम कायम राखेको छ ।

धबार सुनको प्रतितोला ८ सय रुपैयाँले बढेर छापावाला सुन १ लाख १३ हजार ५ सय रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

यसअघि गत साउन ४ गते सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ६०० रुपैयाँ पुग्दै नयाँ रेकर्ड कायम गरेको महासंघले जनाएको छ ।

हिजो मंगलबार स्नको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार १५० रुपैयाँमा किनबेच भएको थियो।

बिहीबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर १ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । हिजो

हिजो चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ४६५ रुपैयाँमा कारोबार भएको थियो।