सानिमा बैंकले ल्यायो सानिमा फाइभ इन वान सेवा


काठमाडौँ । सानिमा बैंकले ग्राहकहरुका लागि सानिमा फाइभ इन वान सेवा सार्वजनिक गरेको छ । सानिमा फाइभ इन वान सेवा सानिमा थ्री इन वान खाताको परिष्कृत गरिएको खाताको नयाँ स्वरुप भएको बैंकले जनाएको छ ।

बैंकका अनुसार यस सेवामा बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि आस्वा र मेरो शेयरको संयोजन रहेको छ । सानिमा बैंकले सानिमा क्यापिटलसँगको सहकार्यमा यो सेवा प्रदान गरेको उल्लेख गरेको छ ।

यस सेवाले बैंकको वेवसाइटमा उपलब्ध अनलाइन प्लेटफर्म मार्फत डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि आस्वा, मेरो शेयर र दोस्रो बजारबाट शेयर खरिद तथा बिक्री गर्न बैंकका नयाँ तथा पुराना ग्राहकहरूलाई सहज बनाउने बैंकले जनाएको छ । ।