अप्पर लोहोरे खोला हाइड्रोको आइपीओ आजदेखि बिक्री खुला


काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीले आजदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आज साउन १८ गतेदेखि सर्वसाधारणको लागि साधारण सेयर आइपीओ निष्काशन गरेको छ ।

कम्पनीले जारीपुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशतले हुन आउने १९ लाख ८८ हजार २३६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ९८ हजार ८२४ कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिसकेको छ।

कम्पनीले २ प्रतिशतले हुन आउने ३९ हजार ७६५ कित्ता कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने ९९ हजार ४१२ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । अब बाँकी १९ लाख ५३ हजार २७९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।

यो आईपीओ निष्कासन बन्द छिटोमा साउन २२ गते र ढिलोमा साउन ३२ गते बैंकिङ समयपछि हुनेछ।
कम्पनीले उक्त आइपीओको बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।