गुराँस लघुवित्तको मुनाफा ३१ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी कति ?


काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको मनाफामा ३१ प्रतिशतले गिरावट आएको छ ।

संस्थाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्ष समिक्षा अवधिको तुलनामा खुद मुनाफा ३१ प्रतिशतले घटेको छ ।

गत अािर्थक वर्षको अन्तिम त्रैमासमा कम्पनीले ४१ लाख ३९ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो भने यस वर्षको समिक्षा अवधीमा २८ हजार ५३ लाख रुपैयाँले घटेको छ ।

यो अवधिमा संस्थाको सञ्चालन मुनाफा ३२.८३ प्रतिशतले घटेर ४४ लाख ७४ हजार रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म संस्थाको सञ्चालन मुनाफा ६६ लाख ६१ हजार रुपैयाँ रहेको थियो।

गत वर्ष ६ करोड ७५ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाले यस वर्षको सोही अवधिमा भने १७ प्रतिशतले घटेर ५ करोड ५९ लाख रुपैयाँमा सीमित भएको छ ।

चुक्तापुँजी १० करोड १४ लाख रुपैयाँ रहेको संस्थाको चौथो त्रैमाससम्म ८१ करोड ३३ लाख रुपैयाँ सापटी लिई १ अर्ब २२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यही अवधिमा संस्थाले ८४ करोड ८३ लाख रुपैयाँ सापटी लिई १ अर्ब २३ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

यो अवधिमा संस्थाको रिजर्भको आकार १.४० प्रतिशतले बढेर २ करोड ५ लाख रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिमा संस्थाको रिजर्भमा २ करोड २ लाख रुपैयाँ रहेको थियो।

गत वर्ष ४.९४ प्रतिशत रहेको खराब कर्जाको अनुपात (एनपीएल) घटेर ४.६३ प्रतिशतमा झरेको छ।

संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर २.८१ रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिमा ईपीएस १३.०७ रुपैयाँ थियो। पीई रेसियो २६२.२५गुणा रहेको रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १२०.२६ रुपैयाँ रहेको छ।

त्यस्तै संस्थाले यस वर्ष बैंक तथा वित्तीय संस्था विरोधि संगठित गतिविधिहरुको कारण समग्र बैैंकिङ प्रणालीमा नकरात्मक प्रभाव पर्दा संस्थाको निस्कृय कर्जा बढेपछि नोक्सानी खर्चमा वृद्धि भई आम्दानी प्रभावित बनेको बताएको छ ।