काठमाडौं । गत आर्थिक वर्षमा नबिल बैंकको खुद मुनाफामा उछाल आएको छ ।
बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०७९ ८० मा नबिल बैंकको खुद मुनाफा ७६.८६ प्रतिशतले बढेर ७ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो आर्थिक वर्षमा बैंकले ४ अर्ब २५ करोड रुपैयाँ खुद मुनाफा कमाएको थियो । नबिलको खुद ब्याज आम्दानी १०१.६३ प्रतिशतले बढेको छ भने बैंक सञ्चालन नाफा ७५.३७प्रतिशत बढेको छ ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर १.२३ प्रतिशत पुगेको छ।
बैंकको खराब कर्जा बढ्दा प्रोभिजनका रुपमा राख्नुपर्ने इम्पेयरमेन्ट चार्ज पनि बढेर ३ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ।
बैंकको सञ्चालन मुनाफा ११ अर्ब १ करोड रुपैयाँ रहेकोे छ। अघिल्लो वर्ष यस्तो मुनाफा ६ अर्ब २८ करोड रुपैयाँ थियो। सञ्चालन मुनाफा पनि ७५.३६ प्रतिशतले बढेको छ।
बैंकको रिजर्भको आकार ०.६५ प्रतिशतले घटेर २७ अर्ब ७ करोड रुपैयाँको रहेको छ ।
बैंकले समिक्षा अवधिमा बैंकले ३ खर्ब ९६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ४९.२५ प्रतिशत बढेर २७.८२ रुपैयाँ पुगेको छ। पीई रेसियो २१.५४ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २१४.६९ रुपैयाँ रहेको छ।
प्रतिक्रिया दिनुहोस्