नेप्सेमा ३८ अंकको गिरावट, सानिमा बैंकमा लगानीकर्ताको आर्कषण


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजारमा भारी अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक ३८.३७ अंकले घटेर २०५१.४७ अंकमा पुगेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ७.५२ अंकले बढेर ३९२.०२ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका १३ उपसमुहमध्ये सबै उपसमुहको सेयरमूल्य घटेको छ । आइतबार कारोबार रकमका आधारमा सानिमा बैंकको अग्रस्थानमा रहेको छ ।

बैंकको १२ करोड ६९ लाख ८२ हजार ३ सय ३ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा आइएमई लाईफ इन्स्योरेन्स लिमिटेडका लगानीर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले घटेको छ ।

प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमू्रल्य ९.५९ प्रतिशतले घटेर नकरात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

कुल २६५ कम्पनीको ८० लाख ७ हजार ३ सय ६१ कित्ता सेयर किनेबच हुँदा २ अर्ब ८७ करोड ७१ लाख ४८ हजार २ सय ३४ रुपैयाँको कारोबार भएको छ ।