मच्छेनारायण दर्शनार्थीकाे घुँइचाे, मलमासमा नुहाउँदा पापबाट मुक्ति मिल्ने विश्वाश (फाेटाेफिचर)


काठमाडौँ । मच्छेगाउँस्थित मच्छेनारायण मन्दिरमा एक महिने मेला लागिरहेको छ । मच्छेनारायण मन्दिरमा हरेक तीन वर्षमा एक मास (मलमासको अवधिभर) लाग्ने मेलामा दर्शन गर्ने आउनेहरुको घुँइचाे लागेको छ ।

मलमासको समयमा नुहाँउदा पापबाट मुक्ति हुने जनविश्वास रहेको छ । एक महिनासम्म मेला हेर्न, नुहाउन, पुजाआजा गर्ने हजारौँ दर्शनार्थीहरुको धुँइचो लाग्ने गर्छ ।

शब्द/तस्बिरः पुष्पा पाल