कियाले ल्यायो ‘मनसुन मेनिया अफर’, देशभरका शोरुमबाट सुविधा लिन सकिने


काठमाडौँ । कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले मनसुन मेनिया अफर ल्याएको छ । सो अफर अन्तर्गत कुनै पनि नयाँ गाडी किन्दा वा पुरानो गाडीसँग नयाँ किया गाडी साट्दा १ लाख क्यास डिस्काउन्ट र एक्सचेन्ज बोनस प्राप्त गर्न सकिने छ ।

कियाका नेपालभर रहेका शोरुमहरुमार्फत सो सुविधा उपलब्ध हुने कम्पनीको भनाइ छ ।

हाल नेपाली बजारमा कियाका सोनेट, सेल्टोस र क्यारेन्स गरी तीन मोडलका गाडी उपलब्ध छन् । किया सोनेट विभिन्न चार भेरिएन्टमा उपलब्ध छ र यसको मूल्य ३९ लाख ९० हजार देखि ५९ लाख ९० हजार रुपैयाँ सम्म छ ।

त्यसैगरी किया सेल्टोस छ भेरिएन्टमा उपलब्ध छ । यसको मूल्य ५२ लाख ९० हजार देखि ८२ लाख ९० हजार रुपैयाँ सम्म छ ।

त्यसैगरी किया क्यारेन्स प्रिमियम र प्रेस्टिज गरी दुई भेरिएन्टमा उपलब्ध छ । यसको मूल्य क्रमशः ४८ लाख ९० हजार र ५२ लाख ९० हजार रुपैयाँ सम्म छ ।