मकवानपुर जनमैत्री पूर्व विद्यार्थी समाज गठन


काठमाडौँ । काठमाडौँको जनमैत्री बहुमखी क्याम्पसमा अध्ययन गरेका विद्यार्थीहरूको भेलाले मकवानपुर जनमैत्री पूर्व विद्यार्थी समाज गठन गरेकाे छ ।

शनिबार भएको भेलाबाट पुरुषोत्तम गोपालीको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन भएको हो । समाजको उपाध्यक्षमा अन्नपूर्ण कार्की, सचिवमा सुजन गोपाली, सहसचिवमा सुर्वण गोपाली र कोषाध्यक्षमा जनमती गोपाली चयन भएका छन् ।

सदस्यमा पासाङ स्याम्बो, साविता लो,विजेन्द्र गोपाली, रुपा तिमिल्सिेना, मनोज कुमार गोपाली र सोनी बलामी रहेका छन् । यस्तै समितिको सल्लाहकारमा हेरमान गोपाली र रुपचन्द्र गोपाली रहेका छन् ।

क्याम्पस र पूर्व विद्यार्थीबिच सम्बन्ध विस्तारका लागि समाज गठन गरिएको जनमैत्री बहुमुखी क्याम्पसकी प्राध्यापक मीरा प्रधानले जानकारी दिइन् ।

उनले भनिन्,“पूर्व विद्यार्थी र क्याम्पसबिच, बिद्यार्थीबिच सहकार्य गर्न, क्याम्पसको शिक्षाको गुणस्तरीयतामा भूमिका निर्वाह गर्न र परेको बेला एक आपसमा सहयोग आदान पर्दान गर्न समाज गठन गरिएको हो ।”

प्रधानले अन्य जिल्लामा पनि समाज गठन गर्ने जानकारी दिइन् । काठमाडौँ कुलेश्वरमा रहेको जनमैत्री बहुमुखी क्याम्पस विश्वविद्यालय अनुदान आयोगबाट क्यूएए प्राप्त क्याम्पस हो ।