अधिकांश बैंकहरुले भदौ महिनाको लागि ब्याजदर बढाए


काठमाडोँ । बैंकहरुले भदौ महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । लामो समयदेखि बैंकर्स संघले तोक्ने निर्णय हटेपछि बैंकहरुले साउन महिनादेखि आफु खुसी ब्याजदर तय गर्न लागेका हुन् ।

जसमा बैंकहरुले भदौ महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । भदौ महिनाको लागि केही बैंकहरुले ब्याजदर घटाए भने केही बैंकले बढाएका छन् । केही बैंकको ब्याजदर स्थिर रहेको छ ।

भदौ महिनाको लागि ४ बैंकहरुले ब्याजदर घटाएका छन् भने १२ ओटा बैंकहरुले बढाएका छन् । ४ ओटा वाणिज्य बैंकहरुको ब्याजदर स्थिर रहेको छ ।

हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र नबिल बैंकले ब्याजदर घटबढ गरेका छैनन् । प्राइम कर्मशियल बैंक, एनएमबि बैंक, स्ट्याण्र्डड चार्टड बैंक र एनआइसी एसिया बैंकले ब्याजदर घटाएका छन् ।

बैंकहरुले निक्षेपमा सबैभन्दा बढी १०.८९६ दिने भएका छन् । सात ओटा बैंकले व्यक्तिगत निक्षेपमा सबैभन्दा बढी ब्याजदर दिने भएका हुन् । सबैभन्दा कम स्ट्याण्र्डड चार्टड बैंकको ८.९२ रहेको छ ।

सबैभन्दा बढी ब्याजदर दिनेमा ग्लोबल आइएमई बैंक, एनआइसी एसिया बैंक, नेपाल बैंक, कुमारी बैंक, सानिमा बैंक, सिटिजन्स बैंक र कृषि विकास बैंक रहेका छन् । एनआइसी एसिया बैंकले भने ब्याजदर घटाएको हो ।

प्राइम कर्मशियल बैंकको १०.५ प्रतिशत, नबिल बैंकको १०.४९ प्रतिशत लक्ष्मी सनराइज बैंकको १०.४ प्रतिशत, एभरेष्ट बैंक र प्रभु बैंकको ब्याजदर १० प्रतिशत रहेको छ ।

यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनएमबी बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक र माच्छापुच्छ«े बैंकको ९.९९ प्रतिशत रहेको छ भने स्ट्याण्र्डड चार्टड बैंकको ८.९२ प्रतिशत ब्याजदर रहेको छ ।