जीवन विकास लघुवित्तको मुनाफा ४० करोडमा खुम्चियो


काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको मुनाफामा ५० प्रतिशत गिरावट आएको छ ।

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद मुनाफा ५०.०९ प्रतिशतले घटेर ४० करोड ५२ लाख रुपैयाँमा खुम्चिएको छ ।

अघिल्लो आर्थिक वर्ष सोही अवधिमा कम्पनीले ८१ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

अघिल्लो वर्ष समिक्षा अवधिमा १ अर्ब १५ करोड रुपैयाँ कम्पनी सञ्चालन मुनाफा रहेको कम्पनीको गत आर्थिक वर्ष सोही अवधीमा यस वर्ष ५७ करोड ८९ लाख रुपैयाँमा सीमित बनेको छ ।

कम्पनीले समीक्षा अवधिसम्म संस्थाले १ अर्ब ४९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर २.३९ प्रतिशत पुगेको छ। त्यस्तै कम्पनीको इम्पेयरमेन्ट चार्ज बढेर ३७ करोड ३४ लाख रुपैयाँ पुगेको छ।

चुक्तापुँजी १ अर्ब १८ करोड रुपैयाँ रहेको संस्थाले चौथो त्रैमाससम्म १० अर्ब ३ करोड रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब ७९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

कम्पनीको जगेडा कोष गत वर्ष सोही अवधिको तुलनामा २.८४ प्रतिशतले बढेर १ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष जगेडा कोषमा १ अर्ब १ करोड रुपैयाँ रहेको थियो ।

कम्पनीको अघिल्लो वर्ष ६८.६९ रुपैयाँ रहेको गत वर्ष समिक्षा अवधिमा भने घटेर प्रतिसेयर आम्दानी (ईपीएस) ३४.२८ रुपैयाँ कायम भएको छ। त्यस्तै पीई रेसियो ४६८ गुणा रहेको भने प्रतिसेयर नेटवर्थ २६३.०७ रुपैयाँ रहेको छ।