विद्यार्थीसँगै बाहिरियो १ खर्ब ४२ करोड रुपैयाँ


काठमाडौँ । गत आर्थिक वर्षमा विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरुसँगै रुपैयाँ बाहिरिएको छ । वर्ष २०७९/८० मा अध्ययनका लागि विदेश जानेहरुसँगै १ खर्ब रुपैयाँभन्दा बढी बाहिरिएकाे नेपाल राष्ट्र बैंकले जनाएकाे छ ।

राष्ट्र बैंकको सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती अनुसार आर्थिक वर्ष २०७९/८० मा अध्ययनका लागि १ खर्ब ४२ करोड ३३ लाख रुपैयाँ बाहिरिएको हो ।

आर्थिक वर्ष २०७८/७९ मा ६७ खर्ब ७० करोड १६ लाख रुपैयाँ बाहिरिएको राष्ट्र बैंकले जनाएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४५.६ प्रतिशतले बढेको हो ।

यस्तै, आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्थाले ५५ अर्ब ८६ करोड ३ लाख रुपैयाँ शैक्षिक कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकको सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती अनुसार आर्थिक वर्ष २०७९/८० मा ५५ अर्ब ८६ करोड ३ लाख रुपैयाँ शैक्षिक कर्जा प्रवाह गरेको उल्लेख गरेको छ ।

यो कर्जा आर्थिक वर्ष २०७८/७९ को तुलनामा ७७.८ प्रतिशतले बढी हो । बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७८/७९ मा यो कर्जा ३१ अर्ब ४१ करोड ४७ लाख रुपैयाँ प्रवाह गरेको थियो ।