‘एक व्यवसायी भएर अर्का व्यावसायीक समूहप्रति लक्षित अभिव्यक्ति दिने कार्य निन्दनीय’


काठमाडौँ । वीगञ्ज उद्योग वाणिज्य संघले “मारवाडी समुदायले अर्थतन्त्र तहस नहस तुल्याएको” भन्ने दुर्गा प्रसाईको भनाइमा ध्यानाकर्षण भएको जनाएको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईले गत साता एक टेलिभिजन अन्तरवार्तामा यस देशमा “मारवाडी समुदायले अर्थतन्त्र तहस नहस तुल्याएको” अभिव्यक्ति दिएका थिए ।

विरगञ्ज उद्योग वाणिज्य सङ्घले जारी गरेको विज्ञप्तीमा भनिएको छ, “नेपालको औद्योगिकीकरण इतिहासमा अग्रभागमा रहेका तथा उद्योग, व्यापारका मार्फत् देशको अर्थतन्त्र, रोजगारी सृजना गर्नेदेखि सामाजिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य, कला, खेलकूद लगायतका राष्ट्रिय जीवनका हरेक क्षेत्रमा आफ्ना महत्वपूर्ण एवम् उल्लेखनीय योगदान पु¥याउँदै आइरहेका मारवाडी समुदायले यस देशको उद्योग, व्यापारको विकास, विस्तार र प्रबद्र्धनमा निर्वहन गर्दै आइरहेको भूमिका र योगदानलाई कदर गर्नुपर्नेमा त्यसको विपरीत एक व्यवसायी भएर अर्का व्यवसायी समूहप्रति लक्षित गरी यस्ता निकृष्ट अभिव्यक्ति दिने कार्य निन्दनीय रहको छ ।”

कुनै व्यक्ति, जात, समूह, समुदाय र सम्प्रदायप्रति लक्षित गरी नकारात्मक, अनर्गल, आधारहीन एवम् गैरजिम्मेवारपूर्ण सञ्चारमाध्यमबाट अभिव्यक्ति दिने छुट नेपालको संविधानले कसैलाई नदिएको जनाएको छ ।

“मारवाडीले सबै सिद्धयायो भन्ने अर्थहीन तथा बेतुकका कुरा गरेर सामाजिक सद्भावलाई बिथोल्न खोज्ने स्वनामधन्य व्यापारी दुर्गा प्रसाईलाई यसै विज्ञप्ति मार्फत् अवाञ्छित वक्तव्यबाजी नगर्न सचेष्ट गराउन चाहन्छौं,” विज्ञप्तीमा भनिएको छ ।