अभियान लघुवित्तको नाफा घट्यो


काठमाण्डौँ । आर्थिक वर्ष २०७९ ८० मा अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ९६.२३ प्रतिशतले घटेको छ । लघुवित्तले सार्वजनिक गरेको चौथो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्ष ३ लाख २८ हजार रुपैयाँ नाफा कमाएको हो । यस लघुवित्तले आर्थिक वर्ष २०७८ ७९ मा ८७ लाख ११ हजार रुपैयाँ नाफा आर्जन गरेको गरेको थियो ।

अघिल्लो आर्थिक वर्षमा १ करोड ६७ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको संस्थाले गत आर्थिक वर्षमा ३ लाख २८ हजार रुपैयाँ रहेको छ । संस्थाको सञ्चालन मुनाफा पनि ९८.०४ प्रतिशतले घटेको हो ।

संस्थाको खराब कर्जा पनि बढेको छ । अघिल्लो आर्थिक वर्ष २.६० प्रतिशत रहेको खराब कर्जा गत आर्थिक वर्षमा ४.८९ प्रतिशत पुगेको छ।

यस लघुवित्तको चुक्तापुँजी २५ करोड रुपैयाँ रहेको छ भने संस्थाको प्रतिसेयर आम्दानी ०.१३ पैसा र प्रतिसेयर नेटवर्थ ११०.९५ रुपैयाँ रहेको छ।