अब एनसेलको टोल फ्रि नम्बरबाट पनि हेलो सरकारमा गुनासो टिपाउन सकिने


काठमाडौँ । एनसेलको नम्बरबाट कल गरेर सरकारलाई गुनासो टिपाउन सकिने भएको छ ।

अबदेखि हेलो सरकारको टोल फ्रि नम्बर ११११ मा एनसेल नम्बरबाट पनि कल गरेर गुनासो टिपाउन सकिने भएको हो ।

यसअघि नेपाल टेलिकमको नम्बरबाट मात्र गुनासो टिपाउन सकिने थियो ।