२००० अंक मुनि नेप्से परिसूचक, घट्यो कारोबार रकम पनि


काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयरबजारमा गिरावट कायमै रहेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयरमापक सूचक नेप्से परिसूचक १२.९३ अंकले घटेर १९९८.२८ अंकमा पुगेको छ ।
राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक १.५० अंकले घटेर ३८२.६२ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये सबै उपसमुहको सेयरमूल्य घटेको छ ।

सोमबार कारोबार रकमका आधारमा शिवम् सिमेन्ट सबैभन्दा अग्रस्थानमा रहेको छ ।

आजको दिन लक्ष्मी लघुवित्त र कुथेली बुखरी स्मल हाइड्रो पावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन मेन्छियम हाइड्रो पावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमुल्य ७.९९ प्रतिशतले बढेको छ ।

कुल २७२ कम्पनीको ४१ लाख ६३ हजार ८ सय ७२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४० करोड ८९ लाख ८१ हजार ६ सय १ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।