इन्फोडेभलपर्स र जिल्ला सहकारी संघ काभ्रे बिच साझेदारी


काठमाडौँ । विगत २१ वर्षदेखि सहकारीलाई सफ्टवेयर लगायत सेवा सुविधा प्रदान गर्दै आइरहेको इन्फोडेभलपर्स प्रा. लि. र जिल्ला सहकारी संघ, काभ्रे बिच रणनीतिक साझेदारी भएको छ।

सानेपास्थित इन्फोडेभलपर्सको कार्यालयमा इन्फोडेभलपर्सका तर्फबाट कार्यकारी निर्देशक प्रविन सुवेदी, राष्ट्रिय सहकारी महासंघका तर्फबाट महाप्रबन्धक चित्रा कुमारी थामसुहाङ्ग सुब्बा र काभ्रे जिल्ला सहकारी संघका तर्फबाट कोषाध्यक्ष राजन शाक्यले साझेदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

सहकारी क्षेत्रलाई प्रविधिमैत्री बनाउनका साथै स्वनियम र सुशासन कायम राख्न सहयोग पुर्याउँदै आएको सफ्टवेयर कम्पनीसँग साझेदार हुन पाएकोमा संघका कोषाध्यक्ष राजन शाक्यले खुशी लागेको बताए ।

राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्रा कुमारी थामसुहाङ्ग सुब्बाले साझेदारले राष्ट्रिय सहकारी महासंघका सहकारीलाई डिजिटाईजेसन एवं कोप भिजन २०३० लाई समेत सेवा पुर्याउने बताईन ।

कम्पनीका कार्यकारी निर्देशक प्रविन सुवेदीले सहकारी क्षेत्रको स्वामित्त्व, विकास र उत्कृष्टताका लागि यो साझेदारी कोषेढुङ्गा सावित हुने आशा व्यक्त गरे । आगामी दिनमा अन्य जिल्ला सहकारी संघहरुसँग समेत सहकार्य गर्दै जाने उनले बताए ।