स्विच अनको नयाँ शोरुम भक्तपुरमा


काठमाडौँ । स्विचअन रिटेलले भक्तपुरमा आफ्नो नयाँ आउटलेटको भव्य उद्घाटन गरेको छ । सामसुङ, हिमस्टार, चिन्ट, इन्डोएसियन, गलान्ज र अहुजा ब्रान्डहरूको गन्तव्य स्विचअन रिटेलले भक्तपुरको गठ्ठाघरमा नयाँ शोरुम खोलेको हो ।

समसुङ इलेक्ट्रिोनिक्स नेपाल शाखा प्रमुख सङ जुन पार्क, गोल्छा ग्रुपका अध्यक्ष तथा एमडी शेखर गोल्छा र हिम इलेक्ट्रोनिक्स सीमा गोल्छाले उद्घाटन गरेका हुन् । स्विचअन रिटेलको उद्देश्य राजधानीमा गुणस्तरीय घरेलु उत्पादन र ग्राहक सेवाको बढ्दो मागलाई पूरा गर्नु रहेको जनाएको छ ।

“स्विचअन रिटेललाई भक्तपुरमा परिचय गराउन पाउँदा हामी हर्षित छौँ,” हिम इलेकट्रोनिक्सकी निर्देशक सीमा गोल्छाले भनिन्,“हाम्रो नयाँ आउटलेट घरेलु आवश्यकताहरू पूरा गर्दै उपकरण र उत्पादनहरूको विस्तृत शृङ्खला प्रदान गर्न समर्पित छ। हामी भक्तपुर समुदायको सेवा गर्न तत्पर छौँ ।“

स्विचअन रिटेल, भक्तपुरले विभिन्न अत्यावश्यक घरेलु वस्तुहरू प्रदर्शन गर्ने जनाइएको छ । जाहाँ टिभी, फ्रिजदेखि लिएर बल्ब जस्ता विद्युतीय वस्तुहरू सबै पाईने उल्लेख गरिएको छ ।