यस्तो छ ‘सुस्तरी सुस्तरी’ गीतको भिडियोमा देखाइएको तेलजीको ‘टाइगर’ स्कुटर


आहा सुस्तरी सुस्तरी यो मन फसेछ ।।

नबोली नबोली माया बसेछ ।।

काठमाडौँ । माथीका यी हरफहरु गायक यश कुमारको नयाँ गीत ‘सुस्तरी सुस्तरी’का हुन्। पछिल्लो समय केही दिन टेड्रिङमा रहेको उक्त गीतको रचनाकार गायक यश कुमार स्वयं हुन् ।

उक्त गीतमा संगित पनि उनले नै भरेका छन् । गीतमा यशलाई अनु चौधरीले गायनमा साथ दिएकी छन् भने एरेन्ज एसके बच्चाले गरेका छन् । आजभन्दा १३ दिन अघि यश कुमार अफिसियल युट्युब च्यानलमार्फत ‘सुस्तरी सुस्तरी’बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतको भिडिओमा सडकमा मकै बेचेर गुजारा गरिरहेकी युवती र नगरप्रहरीबिचको प्रेम सम्बन्धलाई प्रस्तुत गरिएको छ ।अर्कोतिर फुटपाथ व्यापारी र काठमाडौं महानगरपालिकाबिचको द्धन्द्धलाई पनि झल्काएको छ ।

दर्शकले निकै नै मन पराएको उक्त गीतको भिडियोमा पछिल्लो समय बढ्दै गएको वातावरण प्रदुषणलाई न्युनिकरण गर्नको लागि विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्छ भनेर सन्देश दिएको छ ।

गीतको भिडियोको बिचमा गायककार यश कुमारले टेलजी कम्पनीको टेलजी ‘टाइगर’ विद्युतीय स्कुटरलाई निकै नै केन्द्रित गराएर दर्शकको मन तानेका छन् । योमामा ई मोटर्स प्रा.लिले नेपालमा टेलजीका ब्रान्ड भित्र्याइरहेको छ ।

यश कुमार तेलजी स्कुटरमा चढेर भिडियोमा अभिनय गरेकी अनु थापाको घरमा आउँदा थापाले आहा कति राम्रो स्कुटर! नयाँ हो ? भनेर प्रश्न गरछिन् । त्यै प्रश्नमा यश कुमारले इलेक्ट्रिक हो राम्रो पनि छ । भनेर उत्तर दिन्छन् । यश कुमारले थप्छन्, ‘अब हामीले मान्छेलाई मात्रा होइन् । वातावरणलाई पनि माया मान्रुपर्छ । खर्बौ रुपैयाँ खर्च गरेर पेट्रोलको नाममा प्रदुषण भित्राएका छौँ । यस्तो कुरामा हामी जनताले पनि सरकारलाई सगाउनुपर्छ ।’

भिडियोमा सडकमा व्यापार गर्नेका पीडा, नगरप्रहरीका बाध्यता र वैदेशिक रोजगारीका आयामलाई समेत चित्रण गरिएको छ । जसमा यस कुमार विदेश यात्रामा निस्किएको बेला एरर्पोटबाट फर्किदा समेत उक्त स्कुटरबाट चढेर फर्किएको भिडियोमा देख्न सकिन्छ ।

कम्पनीले टाइगरको मूल्य दुई लाख १७ हजार तोकेको छ । तर कम्पनीका अनुसार चार वर्षको वार्षिकउत्सवको उपल्क्षमा उक्त स्कुटरमा १८ हजारसम्मको छुट पाउन सक्ने छन् । अर्थात् केही समय अवधिको लागि ग्राहकले यो स्कुटर १ लाख ९९ हजार मै खरिद गर्न सक्छन् । २.५ किलोवाट पावरको मोटर र २.३ किलोवाट आवरको ब्याट्री प्याक रहेको टाइगर स्कुटरले एक पटकको फुल चार्जमा १०० कलोमिटरको रेन्ज दिन सक्ने कम्पनीले जनाएको छ ।

फुल चार्ज गर्न ६ देखि ७ घन्टा लाग्ने यो स्कुटरमा एलइडी प्रोजेक्ट हेडलाइट,किलेस स्टार्ट,ट्युबलेस टायर,सेन्सर प्रविधि,एन्टी थेफ्ट प्रविधि, डिस्क ब्रेक, मोटरमा एक वर्ष ग्यारेन्टी, दुई वर्ष निःशुल्क ब्याट्री मर्मत लगायतका सुविधा उपलब्ध गराइएको छ । ५१ किलोमिटर प्रतिघण्टाको रफ्तारमा गुड्न सक्ने यो स्कुटरको तौल १३५ केजी रहेको छ ।