सिंहदरबारमा राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठक जारी


काठमाडौं । सुन प्रकरणमाथि छानबिन विषयमा छलफल गर्न राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठक चलिरहेको छ ।

बुधबार प्रधानमन्त्री कार्यालयमा उच्च स्तरीय समिति गठन गर्ने सम्बन्धी थप निर्णयका लागि बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकले उच्चस्तरीय समितिको टीओआर बनाउन एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस नेता रमेश लेखक र माओवादी सचेतक हितराज पाण्डेलाई जिम्मेवारी दिएको थियो ।

सोमबार बिहान बसेको कार्यदलको बैठकले आयोगको ड्राफ्ट तयार पारेको थियो। सकितिले तयार गरेको उक्त ड्राफ्ट आज शीर्ष नेताहरूले अनुमोदन गर्ने तयारी छ ।

यसअघि हिजो दिउँसो बस्ने भनिएको बैठक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिरामी भएपछि आजसम्मलाई स्थगित भएको थियो ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतको उपस्थिति रहेको छ ।