चन्द्रयान-३ ले गर्यो सफल अवतरण


काठमाडौँ । भारतले चन्द्रयान ३ लाई चन्द्रमाको दक्षिणी धु्रवमा सफल अवतरण गराएको छ । भारता बुधबार । चन्द्रयान-३ चन्द्रमाको दक्षिणी धु्रवमा सफल अवतरण गर्ने पहिलो देश बन्दै इतिहास बनाएको छ ।

चन्द्रयान(३ को रोभर चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण भएको हो। जुलाई १४ मा प्रक्षेपण गरिएको अगष्ट २३ (बुधबार) चन्द्रयानबाट ल्यान्डर चन्द्रमाको सतहमा पुगेको इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इस्रो) ले जनाएको छ।

सन् २०१९ मा भारतले पठाएको चन्द्रयान-२ को ल्यान्डर अवतरण हुने क्रममा दुर्घटनामा परेर सम्पर्कविच्छेद भएको थियो।

चन्द्रमामा विक्रम ल्यान्डरको सफ्ट ल्याण्डिङपछि प्रज्ञान रोभर त्यहाँबाट निस्कनेछ र अनुसन्धान र जानकारी सङ्कलन गर्न चन्द्रमाको सतह वरिपरि घुम्ने जनाइएको छ।