काठमाडाैँ । सुदूरपश्चिम क्षेत्रमा विशेष प्राथमिकतासाथ मनाइने गाैरा पर्व काठमाडाैँमा पनि भव्य रूपमा मनाइएकाे छ । टुडिखेलमा आयाेजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, शेरबहादुर देउवा लगायतका शिर्ष नेताले गाैरा पर्वकाे शुभकामना व्यक्त गरे ।
हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म सुदूरपश्चिम क्षेत्रमा विशेष रुपमा मनाइने यस पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका मान्यता रहेकाे पाइन्छ।
“नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विविधताबिच सुदृढ एकताकाे विशेषतायुक्त देश हाे, संस्कार र संस्कृतिमा फरक भएकैले नेपालीहरू आज विश्वसामु फरक रूपमा प्रस्तुत भइरहकाे छाैं,” सभामुख घिमिरेकाे शुभकामना सन्देशमा भनिएकाे छ, “संस्कार र संस्कृति हाम्रा गाैरव हुन्। विभिन्न जातजातीका भाषा, धर्म, संस्कृति, सहनसहन, चाडपर्व, भेषभूषा, रीतिथिति, इतिहास र चालचलन हाम्रा पहिचान हुन्।”
![](https://taksarnews.com/wp-content/uploads/2023/08/deuda-768x517.jpg)
![](https://taksarnews.com/wp-content/uploads/2023/08/deuda0.jpg)
![](https://taksarnews.com/wp-content/uploads/2023/08/deuda1.jpg)
![](https://taksarnews.com/wp-content/uploads/2023/08/deuda2.jpg)
![](https://taksarnews.com/wp-content/uploads/2023/08/deuda3.jpg)
![](https://taksarnews.com/wp-content/uploads/2023/08/deuda4.jpg)
![](https://taksarnews.com/wp-content/uploads/2023/08/deuda5.jpg)
![](https://taksarnews.com/wp-content/uploads/2023/08/deuda6.jpg)
![](https://taksarnews.com/wp-content/uploads/2023/08/deuda7.jpg)
![](https://taksarnews.com/wp-content/uploads/2023/08/deuda8-1.jpg)
प्रतिक्रिया दिनुहोस्