‘नेसनल आईसीटी स्कलरसीप २०८०’ को लागि आवदेन खुला


काठमाडौँ । कम्प्युटर एशोसियसन नेपाल (क्यान) महासंघले छात्रवृतिको लागि आवेदन खुला गरेको छ । महासंघले प्राविधिक शिक्षातर्फ विगत चार वर्ष देखि प्रदान गर्दै आइरहेको ‘नेसनल आईसीटी स्कलरसीप २०८०’ को लागि आवदेन खुला गरेको हो ।

क्यान महासंघले राष्ट्रभित्र सूचना प्रविधिको अध्ययन अध्यापन गर्ने गराउने कलेजहरुको सहयोगमा गरिब जेहेनदनर विद्यार्थीहरुको लागि छात्रवृद्धि प्रदान गर्दैै आइरहेको छ । महासंघले लर्ड बुद्ध एजुकेसन फाउण्डेसनसँगको सँगको सहकार्यमा सुरु गरेको थियो । महासंघका अनुसार यो वर्ष ४० जना विद्यार्थीहरुलाई आंशिक तथा पुर्ण छात्रवृद्धि प्रदान गर्न लागेको जनाएको छ ।

यसवर्ष सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ १ जना र बाँकी ४२ जनालाई आंशिक छात्रवृति दिने उल्लेख गरेको छ । क्यानका अनुसार हाल ४६ जना विद्यार्थी यस कार्यक्रम अनुसार अध्ययनरत रहेका छन् ।

क्यान महासंघ र कलेजबिच भएको सम्झौता अनुसार ४० जना विद्याथीले २ करोड ८३ हजार रुपैयाँ बराबरको छात्रवृति पाउनेछन् । यस वर्ष फिमेल मेरिट आईसीटी स्कलरसिपमा प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ छात्रा र आईसीटी मेरिट स्कलरसिप अन्र्तगत प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१ जनालाई छात्रवृति पाउनेछन् ।

छात्रवृतिको लागि कक्षा १२ वा सो सरह उतिर्ण गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याएका र हाल कक्षा १२ को परिक्षा कुरिरहेका विद्यार्थीहले पनि आवेदन दिन सक्ने जनाएको छ ।

विद्यार्थीले क्यान महासंघको वेवसाइट वा लर्ड एजुकेसन फाउण्डेसनको वेभसाइट मार्फत छात्रवृतिको लागि भर्दौ २० गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ ।