काठमाडौँ । नेपालको पहिलो फोटोन ईभी पिकअप ट्रक नाडा अटोमा लन्च गर्ने तयारी गरिएको छ। फोटोनको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कर्मसियल भेहिकल्सले नाडा अटो सोमा आफ्नो ईभी लन्च गर्ने तयारी गरेको हो ।
नेपालमा उपलब्ध हुने उक्त इलेक्ट्रिक ट्रक पूर्ण रूपमा नेपाली भूगोल सुहाउँदो रहेको कम्पनीको दाबी छ । यस ट्रकले नेपाली बजारमा एउटा नयाँ आयाम ल्याउनेमा कम्पनी कम्पनीको विश्वास छ ।
नेपालको चुनौती पूर्ण भू–भागमा विगत २– ३ महिनामा व्यापक सफल परीक्षणहरू पार गरिसके पछि उक्त टीएम१ पिकअप ट्रकलाई नेपाली बजारमा ल्याउन लागिएको आधिकारिक जानकारी कम्पनीले गराएको छ ।
यसैगरी सो अवसरमा १४\१५ सिटर ईभी भ्यानको पनि औपचारिक रूपमा लन्च गर्ने तयारी रहेको कम्पनीले जानकारी गराएको छ
कम्पनीका अनुसार नाडामा गाडी खरीद गर्ने ग्राहकहरूका लागि विशेष छुटको व्यवस्था रहेको छ ।
प्रतिक्रिया दिनुहोस्