नेप्से परिसूचकमा २० अंकको गिरावट


काठमाडौं । साताको कारोबारको पहिलो दिन नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक २०.५४ अंकले घटेर १९९३.३८ अंकमा झरेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ३.४४ अंकले घटेर ३८२.११ अंकमा पुगेको छ ।

आइतबार नेप्सेमा कारोबार भएका १३ उपसमुहमध्ये म्यूचुअल फण्ड बाहेक सबै उपसमहको सेयरमूल्य घटेको छ ।

नेप्सेमा आइतबार कारोबार रकमका आधारमा एशियन लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ७ करोड ४६ लाख ८९ हजार ४१ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा कुथेली बुखरी स्मल हाइडोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन मकर जितुमाया सुरी हाइडोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ९.६३ प्रतिशतले घटेको छ ।

कुल २८० कम्पनीको ३८ लाख ९५ हजार २ ३६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २६ करोड २७ लाख ६७ हजार ८ सय ७६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।