नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम १ अर्ब मुनि


काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयरबजारमा सामान्य वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक ५.०९ अंकले बढेर १९९८.४८ अंकमा पुगेको छ । राम्रा र बलिया कम्पनीको सूचक पनि १.४५ अंकले बढेर ३८३.५६ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ४ ओटा उपसम्ुह बढेको छ भने बाँकी ९ वटा उपसमुह घटेको छ ।

सोमबार कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक अग्रस्थानमा रहेको छ । कम्पनीको ७ करोड ३१ लाख ७९ हजार ५ सय ५९ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन पनि कुथेली बुखरी स्मल हाइडोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयर मूल्य ४.३८ प्रतिशतले घटेको छ ।

कुल २७९ कम्पनीको ३६ लाख ७० हजार ७ सय ३१ कित्ता सेयर किनबेच हुँदा ९८ करोड ८६ लाख २८ हजार ५ सय ६२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।