शाओमी प्याड ६ संगै प्याड ६ किबोर्ड र स्मार्ट पेन सेकेन्ड जेनेरेशन बजारमा


काठमाडौँ । शाओमीले शाओमी प्याड ६ सार्वजनिक गर्ने भएको छ । ११ इन्चको डिस्प्ले, क्वालकम स्न्यापड्रागन ८७०, १४४ हर्ट्ज रिफ्रेस रेट, ८८४० एमएएच ब्याट्री भएको शाओमी प्याड ६ सार्वजनिक गर्ने भएको हो ।

तौल ४९० ग्राम र ६.५१ मिलिमिटर चौडाई भएको प्याड ६ हलुका रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार भिडियो हेर्न वा संगीत सुन्न शाओमी प्याड ६ प्रयोग गर्न सकिन्छ । शाओमीले यस प्याड ६ सँगसँगै शाओमी प्याड ६ किबोर्ड र शाओमी स्मार्ट पेन सेकेण्ड जेनेरेशन पनि रिलिज गर्ने तयारी गरेको छ ।

शाओमी प्याड ६ स्न्याप्ड्रागन ८७० प्रोसेसर रहेको छ । स्न्याप्ड्रागन ८७० प्रोसेसरले मल्टिटास्किङ र एप म्यानेजमेन्टको सहज एग्जिक्युशन सुनिश्चित गर्दै एक उत्तरदायी र गतिशील ट्याब्लेट प्रयोग गर्ने अनुभव दिने जनाएको छ ।

कम्पनकिा अनुसार स्ट्राइकिङ २७.९४ सेन्टिमिटर (११ इन्च) को डिस्प्ले मार्फत उत्तम भिजुअल ब्रिलियंस प्राप्त गर्न सकिन्छ । यसको २८८० ह १८०० पिक्सेल र ३०९ पिपिआईको रिजोल्युसनको संकलनमा स्पष्टसँग इमेज र भिडियो रहने उल्लेख गरिएको छ ।

कम्पनीका अनुसार यसको १४४ हर्ज रिफ्रेस रेटले एनिमेसन र ट्रान्जिसनको ग्यारेन्टी दिन्छ भने ५५० निट्स (टिपिकल) सम्मको ब्राईटनेसले उज्यालो वातावारणमा भिजुअलहरु सुनिश्चित गर्दछ ।

यसको १३ एमपी रियर क्यामेराले ३० एपÞmपिएस मा ४ के भिडियो रेकर्डिङहरु गर्न सकिन्छ । कम्पनकिा अनुसार यसमा ८ एमपी को फ्रन्ट क्यामेरा ३० एपÞmपिएस मा फुल एचडी भिडियो रेकर्ड गर्न सक्षम छ र भिडियो कल र सेल्फी पनि क्लियर देखाउँछ । एक ८८४० एमएएच (टिपिकल) ब्याट्री रहेको छ ।

कम्पनीका अनुसार भदौ १५ गते बाट बजारमा उपलब्ध हुने यो फोन ११ भदौ देखि १४ भदौसम्म दराजमा प्रि–बुकिङको लागि उपलब्ध हुनेछ । शाओमी प्याड ६ नेपालमा मिस्ट ब्लू र ग्रेफाइट ग्रे गरी दुई रंगहरूमा दुईवटा स्टोरेज भेरियन्टहरूमा उपलब्ध हुनेछः ६ + १२८ जीबी र ८+२५६ जीबी ।

नेपालमा शाओमी प्याड ६ को ६+१२८ जीबी भेरियन्टको मूल्य रु. ३९ हजार ९९९ रहेको छ, र ८+२५६ जीबी भेरियन्टको मूल्य रु. ४३ हजार ९९९ रहेको छ ।
साथै, शाओमी प्याड ६ किबोर्डको मूल्य रु. ८ हजार ४९९ र शाओमी स्मार्ट पेन सेकेण्ड जेनेरेसनको मूल्य रु. ९ हजार ९९९ रहेको छ ।