माछापुच्छ्रे बैंकले गर्‍यो लाभांश घोषणा, बोनस सेयर कति ?


काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाइृ १४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बैंकको आज भदौ १३ गते बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८० को लाभांश प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गर्ने बैंकले जनाएको छ।