नेप्से परिसूचक २ अंकले घट्यो, लगानीकर्ताको आर्कषण सिटी होटलमा


काठमाडौं । साताको कारोबारको चौथो दिन सेयरबजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयरमापक सूचक नेप्से परिसूचक २.८२ अंकले घटेर १९९०.५९ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये दुई उपसमुह बाहेक बाँकी ११ वटा उपसममुह घटेका छन् ।

बुधबार कारोबार रकमका आधारमा माछापुच्छ्रे बैंक लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १० करोड ९१ हजार २ सय ९७ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन सिटी होटलका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.८८ प्रतिशतले बढेको छ ।

त्यस्तै आजको दिन सिद्धार्थ इक्यूटी फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । फण्डको मूल्य ७.९४ प्रतिशतले घटेको छ ।

कुल २७६ कम्पनीको ३८ लाख ३ हजार २ सय ४४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १३ करोड ८ हजार ४१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।