युवा तथा महिला उद्यमीहरुले उत्पादन गरेका वस्तुको बजार प्रवद्र्धन गर्न स्याट्रडे मार्केटको सुरुवात


काठमाडौं । उद्योग संगठन मोरङ, महिला उद्यम समिति र नेपाली युवा उद्यमी मंच विराटनगर च्याप्टर ९एनवाइईएफ० को सहकार्यमा २०८० भाद्र १६ गते देखि प्रत्येक शनिवार मेरो देश, मेरो उत्पादन स्याट्रडे मार्केट सुरुवात हुने भएको छ ।

यस क्ष्ँेत्रका घरेलु तथा साना उद्योग, युवा तथा महिला उद्यमीहरुद्धारा उत्पादित वस्तुको बजार प्रवद्र्धन, उद्यमशिलता विकासमा टेवा एवं प्रोत्साहनका साथै स्थानीय आर्थिक विकासमा सघाउ पु¥याउने उद्देश्यका साथ १६ गतेदेखि प्रत्येक शनिवार मेरो देश, मेरो उत्पादन स्याट्रडे मार्केट सुरुवात हुन लागेको हो ।

युवा तथा महिलाहरुमा निहित शिपलाई प्रयोग गरी स–साना परिणाममा घरमै वसेर उत्पादन गरेको वस्तूहरुका साथै घरेलु तथा कुटिर उद्योगका उत्पादनहरु बजारको अभाव र पहिचानको अवसरबाट वन्चित भई लोपभईरहेको अवस्थामा त्यस्ता वस्तुलाई लक्ष्ँित वर्गसम्म पु¥याई आयआर्जनको माध्यमबाट स्वरोजगारी अभिवृद्धि गर्ने उदेश्यले सुरुवात गर्न लागेको जनाएको छ ।

संगठनको प्राङगणमा हुन लागेको यस बजारमा १७ देखि २१ सम्म वटा स्टल रहनेछन भने प्रति स्टल रु। ३००÷– शुल्क तोकिएको छ । बजारमा घरायासी प्रयोजनका सामग्रिहरु, ताजा तरकारी तथा फलफुल, मह, अचार, हस्तकलाका सामाग्रिहरु, दैनिक खाद्य वस्तुहरु, पहाडी जिल्लाका अर्गेनिक उत्पादनहरु, गार्मेन्ट तथा श्रृगारका सामाग्रि लगायतका वस्तु रहने जनाइएको छ । साप्ताहिक बजारमा विराटनगर लगायत आसपासका घरेलु तथा साना उद्योग, महिला, युवा उद्यमीहरुको सहभागिता रहने उल्लेख गरिएको छ ।