काठमाडौँ । झापाको गौरादहमा उत्पादित स्मार्ट लुब्रिकेन्ट्सले आफ्नो उत्पादनको दोस्रो वर्षको डिलर सम्मेलन पोखरामा सम्पन्न गरेको छ । गत वर्ष पहिलो डिलर सम्मेलन ईलामको कन्याममा सम्पन्न गरेको यस कम्पनीले यो वर्ष डिलर सम्मेलन भाद्र १४–१६ सम्म पोखरामा सम्पन्न गरेको छ ।
विगत १५ वर्षदेखि लुब्रिकेन्ट्स व्यवसाय गर्दै आएका मूख्य लगानीकर्ताहरू दाजुभाइ मोहन बराइली र सुरज बराइलीले अन्य व्यवसायीहरूलाई समेत समावेश गर्दै यो उद्योग सञ्चालनमा ल्याएका हुन् । झापामा उद्योग स्थापना गरी उत्पादन हुँदै आइरहेको यो ब्राण्डले पछिल्लो समय नेपाली लुब्रिकेन्ट्स ब्राण्डमा अलग छाप पार्न सफल भएको छ ।
उक्त कार्यक्रममा कोशी अञ्चलका आधिकारिक बिक्रेता दुर्गा इन्टरप्राइजेजका सञ्चालक अनिस लकान्द्री सर्वोकृष्ट डिलर घोषित भएका थिए ।
यस उद्योगले विशेषगरी ग्रीज, इञ्जिन आयल, हाईड्रोलिक र गियर आयल सहित करिब ४० देखि ४५ प्रकारका लुब्रिकेन्ट्स उत्पादन गर्दै आइरहेको छ । यी उत्पादनको बिक्री वितरण सहज बनाउन मेचीदेखि महाकालीसम्म आक्रामक ढङ्गले आफ्नो नेटवर्क बिस्तार गरिरहेको छ । पहिलो सम्मेलन निकै नै सफल र फलदायी तवरले सम्पन्न गरेको यस कम्पनीले दोस्रो डिलर सम्मेलन पनि सफल र उत्साहजनक भएको कम्पनीको दाबी छ।
स्मार्ट लुब्रिकेन्ट्स प्रा।लि।ले उत्पादनको पहिलो वर्षमै गुणस्तरीय उत्पादन ग्राहकहरूमा बितरण गरेको दाबी गर्दै हाल देशैभरिबाट आफ्नो उत्पादनको माग बढिरहेको कम्पनीका प्रबन्ध निर्देशक मोहन बराइलीले बताए । आगामी दिनहरूमा पनि यस कम्पनीले उत्पादन, परिणाम र गुणस्तरमा अझै राम्रो योजना बनाउँदै अघि बढ्ने प्रबन्ध निर्देशक बराइलीले स्पष्ट पारे ।
स्वदेशमै गुणस्तरीय लुब्रिकेन्ट्स उत्पादन गरी रोजगारी समेत सिर्जना गरिरहेको समार्ट लुब्रिकेन्ट्सले नेपाललाई लुव्रिकेन्ट्स उत्पादनमा आत्मनिर्भर बनाउनु कम्पनीको मुख्य लक्ष्य रहेको कार्यकारी निर्देशक सुरज बराइलीको भनाइ छ । स्मार्ट लुब्रिकेन्टसले ग्रीजको हकमा क्याल्सियम र च्यासिस ग्रीजले हाल आयातीत भईरहेका ग्रीजलाई समेत विस्थापित गर्न सक्ने किसिमको ग्रीज उत्पादन भई त्यही अनुरूप बजार बिस्तारमा कम्पनी लागि पर्दै क्याल्सियम र च्यासिस ग्रीजमा नेपाललाई आत्मनिर्भर बनाउने सकिने र निकट भविष्यमा इञ्जिन आयलमा पनि पूर्णरूपमा नेपाललाई आत्मनिर्भर बनाउन सकिने कम्पनीका निर्देशक बराइलीको भनाइ रहेको छ।
कार्यक्रममा प्रमुख अतिथि तथा जय अम्बे ट्रेड कन्सर्न प्रालिका सञ्चालक साथै नाडा प्रदेश नम्बर २ का पूर्व अध्यक्ष सन्तोष शाहले नेपालमै उत्पादन गरी अन्तर्राष्ट्रिय गुणस्तर र उत्पादनसँग प्रतिस्पर्धा गर्दै स्थापनाको २ वर्षमै आक्रामक व्यापार गर्न सफल भएको बताए ।
साथै विशेष अतिथि विश्वकर्मा समाजका केन्द्रीय अध्यक्ष गणेश बराइलीले गुणस्तरमा सम्झौता नगर्न कम्पनीलाई आग्रह गर्दै आफूले सक्दो सहयोग गर्ने समेत बताए ।
स्मार्ट लुब्रिकेन्ट्सका अध्यक्ष रूपनारायण बराइलीले कम्पनीको कामप्रति आफूलाई चित बुझेको र भावी दिनमा अझै प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमको स्वागत मन्तव्य कम्पनीका सञ्चालक विष्णु शंकर र कार्यक्रमको सञ्चालन कम्पनीका सञ्चालक त्रिलोचन लाम्गादे लामिछानेले गरेका थिए ।
कम्पनीले कार्यक्रम पश्चात् सम्पूर्ण डिलर तथा शेयरहल्डरहरुलाई तालबराही मन्दिर, पुम्दीकोट महादेव मन्दिर, गुप्तेश्वर महादेव गुफा, शान्ति स्तूपा, विश्वकर्मा संग्रहालय र विन्दवासीनी देवीको दर्शन गराएको थियो ।
प्रतिक्रिया दिनुहोस्