कृषि मन्त्री भुसाल र रसियन राजदूत बिच भेट, रसियन उद्योगीहरुलाई नेपालमा लगानी गर्न सहजिकरण गरिदिन आग्रह


काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र रसियाका राजदूत एलेक्सी नोभिकभ बीच शिष्टचार भेटघाट भएको छ । सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मन्त्री भुसाल र राजदूत नोभिकभ बिच शिष्टचार भेटघाट भएको हो ।

भेटमा मन्त्री भुसालले दुई देश बिचको सहकार्यलाई प्रवद्र्धन गर्दै व्यापार, लगानी, ऊर्जा र पर्यटनको क्षेत्रमा महत्वपूर्ण भूमिका रहने बताए । साथै दुबै देश बीचको सहकार्यले पूर्वाधार र परिवहन क्षेत्रमा अधिक महत्वपूर्ण भूमिका रहने औल्याँए ।

रुसको लगानी कृषि तथा कृषिजन्य क्षेत्रमा हुने आशावादी रहेको बताउँदै मन्त्री भुसालले कोभिड–१९ महामारीका कठिन समय र २०७२ सालको भूकम्पमा रुस र रुसी जनताले पु¥याएको सहयोग प्रति मन्त्री भुसालले आभार व्यक्त गरे । राजदूत नोभिकभले नेपालको चिया, कफी, कृषिजन्य जडिबुटीलाई रसियामा राम्रो माग रहेको भन्दै निर्यात गर्न सकिने बताए ।

रसियाले कृषि क्षेत्रमा निकै ठूलो प्रगति गरेको उल्लेख गर्दै पछिल्लो ५ बर्षमा खाद्यान्न र कृषि औजार निर्यात गर्न सक्ने अवस्थामा पुगेको अनुभव सुनाए । नेपालले औपचारिक माग गरेको अवस्थामा रसिया जुनसुकै सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाएका छन् ।

दुई देश बीचको आपसी हितमा काम गर्नका लागि वर्किङ गु्रप गराउने तयारी भएको उल्लेख गरे । यसले दुई देश बीचको व्यापार, कृषि र प्रविधिको क्षेत्रमा के कस्तो काम गर्न सकिन्छ सुझाव आदानप्रदानमा सघाउ पुग्ने बताएका छन् । केही रसियन उद्योगीहरुले नेपालमा आफ्नो लगानी गर्न चाहेकाले यसका लागि आवश्यक सहजिकरण गरिदिन पनि मन्त्री समक्ष उनले आग्रह गरेका छन् ।