आइएमई पेमा प्रथम पटक एयरलाइन्स टिकेट काट्ने ग्राहकहरुलाई छुट


काठमाडौँ । डिजिटल वालेट कम्पनी आइएमई पे ले एयरलाइन्स टिकट खरिद गर्दा प्रोमो कोडको प्रयोग मार्फत फ्ल्याटमा रु। ५०० क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत सेवाग्राहीले आइएमई पे मार्फत पहिलो पटक टिकट खरिद गर्दा ‘FLYIME’ प्रोमो कोड प्रयोग गरी रु. ५०० क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

सेवाग्राहीहरुलाई विधुत्तिय भुक्तानी माध्यम मार्फत सहजै एयरलाइन्स टिकट काट्न प्रोत्साहन गर्ने उदेश्यका साथ ल्याइएको यो अफर भाद्र २४ देखि सुरु भएको छ र पहिलो १००० योग्य सेवाग्राहीलाई प्रदान गरिने उल्लेख गरिएकाे छ।

कम्पनीका अनुसार यो अफर पहिलो पटक एयरलाइन्स टिकट काट्ने सेवाग्राहीहरूलाई सिमित अबधि लागि मात्र हो।