नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’, वजेताले ४० हजार रुपैयाँ पाउने


काठमाडौँ । नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालन गरेको छ । नेपाल टेलिकमको आधिकारिक टिकटक एकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिने उल्लेख गरेको छ ।

नेपाल टेलिकमको तीजको लहर गीतमा टिकटक बनाई यसमा सहभागी हुन सकिने जनाएका छ । सो च्यालेन्ज २०८० भदौ २४ देखि सुरू भएको छ भने आगामी असोज ७ गते सम्म सहभागी हुन सकिने जनाइएको छ ।

कम्पनीका अनुसार विजेताहरुलाई नगद र अन्य पुरस्कारको व्यवस्था गरिएको छ । च्यालेन्जमा पहिलो हुने विजेताले रु. ४० हजार, दोस्रोले रु. २० हजार र तेस्रोले रु. १० हजार नगद पुरस्कार पाउने उल्लेख गरिएको छ । त्यसैगरी सान्त्वना पुरस्कारको रुपमा १० जना सहभागीलाई रु. ५०० को टप अप प्रदान गरिने टेलिकमले जनाएको छ ।

कम्पनीका अनुसार नेपाली महिलाहरुको महान चाड तीजलाई रमणीय बनाई नेपाल टेलिकमसँग जोडिन समेत प्रेरित गर्ने उद्देश्यले टिकटक च्यालेन्ज सञ्चालन गरिएको हो ।