‘नाडा अटो शो’ को तयारी अन्तिम चरणमा, प्रदर्शनीमा १२० वटा स्टल रहने


काठमाडौँ । करिब चारवर्षसम्म रोकिएको नाडा अटो शो भोलि (मंगलबार)देखि सुरु हुने भएको छ । नाडा अटोमोबाइल्स एशोशियसन अफ नेपालले काठमाडौँको भृकुटी मण्डप प्रदर्शनी स्थलम १५ ओैं संस्करणको मेला यही भोलिदेखि (भाद्र २६) देखि ३१) गतेसम्म गर्ने भएकाे हाे । मेलाको लागि नाडाले स्टल निर्माणको कामलाई तिव्रता दिएको छ ।

प्रदर्शनीमा ठूला तथा साना गरि करिव १२० वटा स्टल र ब्लकहरू रहने छन्। नाडाका अनुसार प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर पार्टपुर्जाका साथै राष्ट्रिय वाण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवाप्रदायको सहभागिता समेत रहने छ ।

प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे ७ वटा ब्राण्डका कर्मशीयल गाडी, ९ वटा वित्तिय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पाटपुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरूको सहभागिता रहेको नाडाले जनाएको छ ।

प्रदर्शनीलाई बढी जानकारीमुलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटो सम्बन्धि सेवा सुविधा दिने जस्तै वित्तिय सेवा, विक्रिपदिका सेवा, आदिका छुट्टाछुट्टै स्टलहरू साने छन् भने अटो सम्बन्धी जानकारी दिने म्यागेजीन तथा पत्रपत्रिकाहरूका लागि पनि एउटा छुट्टै साझा मिडिया स्टलको व्यवस्था गरिएको छ ।

त्यस्तै नाडाले आम सर्वसाधारणलाई ट्राफिक नियम तथा सड़क सुरक्षा सम्बन्धी व्यापक सुसूचित गराउने उदेश्यका साथ महानगरीय ट्राफिक प्रहरी महाशाखा, काडमाडौको सूचना-कक्ष समेत प्रदर्शनीमा रहको जनाएको छ ।

उक्त प्रदर्शनीको सिर्फ प्रायोजक टाटा मोटर्स जेनुइन आयल रहेको छ भने सहप्रायोजकमा शिखर इन्सुरेन्स कम्पनी लिमिटेड रहेको छ। यसैगरी प्रदर्शनीको डोर प्राइजमा पाडिया, टिकटिङ पार्टनरमा खल्ती, अफिसियल इन्टरनेट पार्टनरमा बन्डलिङ, फायर सेफ्टी सपोर्टमा टिकी प्रा।लि। एवं हस्पिटल पार्टनरमा फन्टलाइन हस्पिटल जस्ता प्रतिष्ठत संस्थाहरू रहेका छन् तथा प्रदर्शनीको व्यवस्थापन लावत एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरी रहेको छ ।

छ दिन सम्म चल्ने उक्त नाडा अटो शो २०२३ मा लगभग ७५००० आगन्तुकहरूले अवलोकन गर्ने विश्वास आयोजकको रहेको छ। यस वर्षको अटो शोको प्रतिटिकटको मूल्य २ सय रुपैयाँ तोकिएको आयोजकले जनाएको छ । तर, विद्यार्थीका लागि भने २५ प्रतिशत छुटसहित प्रतिटिकट १५० रुपैयाँ तोकिएको नाडाले जनाएकाे छ ।