काठमाडौं । प्रभु सेलेक्टेड फण्डले लाभांश घोषणा गरेको छ । फण्डले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश ९.५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
प्रभु म्यूचुअल फण्ड अन्र्तगत सञ्चालित “प्रभु सेलेक्ट फण्ड”को व्यवस्थापक तथा प्रवद्धक प्रभु बैंक लिमिटेड रहेको छ ।
योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडको हिजो भदौ २५ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले प्रभु सेलेक्ट फण्डका इकाईधनीहरुलाई गत आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट करसहित ९.५० प्रतिशत का दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
त्यस्तै क्यापिटलले लाभांश प्रयोजनका लागि बुकक्लोज मिति सम्बन्धी सूचना छिट्टै सार्वजनिक गर्ने जनाएको छ ।

 
  
                            

 
                    
प्रतिक्रिया दिनुहोस्