गण्डकी र लुम्बिनीका धेरै स्थानमा वर्षा, थप वर्षाको सम्भावना


काठमाडौँ । गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षा भइरहेका आसपासका क्षेत्रमा थप वर्षाको सम्भावना रहेको छ। महाशाखाले ती क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

महाशाखाले राति ८ः२१ बजे जारी गरेको सूचनामा वर्षाका कारण नदी तथा खोलामा जलसतह बढ्न सक्ने, डुबान तथा अन्य जोखिम हुन सक्ने भएकाले स्थानीय अवस्था हेरी सावधानी अपनाउन आग्रह गरेको छ।