सिटिजन लाइफको आईपीओ बाँडफाँड


काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आइपीओ बिहीबार बाँडफाँड भएको छ । सर्वसाधारणका लागि भदौ १५ देखि भदौ १९ गतेसम्म आइपीओ निष्काशन गरिएको थियो ।

मागभन्दा धेरै आवेदन परेपछि गोलाप्रथाबाट ९ लाख जना लगानीकर्ताहरूले मात्रै सेयर हात पारेका छन् । सर्वसाधारणका लागि ९० लाख कित्ता छुट्याइएको थियो । आईपीओमा अन्तिम दिनसम्म १५ लाख ८४ हजार ५ सय ९७ जना लगानीकर्ताहरूले कुल १ करोड ७५ लाख ६८ हजार ७ सय ५० कित्ताका लागि आवेदन दिएका मध्ये १ लाख ७१ हजार ४ सय ३९ जना लगानीकर्ताहरूको आवेदन रद्द भएको थियो । योग्य रहेका १४ लाख १३ हजार १ सय ५८ जना लगानीकर्ताहरूलाई बाँडफाँडमा सहभागी गराइएको थियो ।

सर्वसाधारणका लागि १०० रूपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी कुल २४४ रुपैयाँमा आईपीओ बिक्री गरेको थियो ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेडका अनुसार उक्त आईपीओ अहिले दिउँसो २ बजे बाँडफाँड गरिएको हो ।